पत्रकारहरुको माग सम्बोधन गर्न कांग्रेस प्रवक्ताले गराए सरकारको ध्यानाकर्षण

होमल्याण्ड खबर

२०७७ आश्विन १८ गते, आईतवार १३:०६ मा प्रकाशित

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नयाँ बानेश्वरमा जारी पत्रकारहरुको रिले अनसनमा ऐक्यवद्धता जनाएका छन् । आइतबार रिले अनसनको चौंथो दिन नयाँ बानेश्वरस्थित अनसनस्थल पुगेर शर्माले पार्टीकातर्फबाट आन्दोलनमा ऐक्यवद्धता जनाएका हुन् ।

शर्माले विभिन्न माग राखेर अनसनमा बसेका पत्रकारहरुको माग सम्बोधनका लागि समन्वय गर्न सरकारको ध्यानाकर्षण पनि गराए । प्रधानमन्त्रीलाई बानेश्वरमा अनसनमा बसिरहेका पत्रकारहरुले उठाएका माग सम्बोधनका लागि मिडिया हाउसहरुलाई उचित ढँगले समन्वय गर्न पनि उनले आगर्ह गरे । सरकारले कोरोना महामारीले मिडिया   मिडिया हाउसमा परेका अप्ठ्याराहरुलाई पनि हेर्नुपर्ने भन्दै उनले कुनै पनि मिडिया हाउसलाई संरक्षण गर्दैगर्दा एक जना पत्रकारको चुलो ननिभ्नेतर्फ पनि ध्यान दिनुपर्ने शर्माले बताए ।  आन्दोलन  पत्रकारहको मात्र नभएको भन्दै  सबैको आन्दोलन भएको बताए । उनले पत्रकारहरुले उठाउका माग समबोधनका लागि सरकारसँग कांग्रेसले छलफल गर्ने पनि बताए । प्रवक्ता शर्माले हातमा कलम र बोल्ने क्षमता भएका पत्रकारनै सडकमा आउनुपर्ने अवस्था छ भने अन्य क्षेत्रमा श्रमजवीहरुको अवस्था के होला भन्दै प्रश्न पनि गरे ।

मिडिया राज्यबाट प्रताडित रहेको पनि शर्माको भनाई थियो । उनले भने, – लेख्ने कुरामा प्रताडित छ । आफ्नो हकअधिकारको कुरा उठाउँदै गर्दा प्रताडित छ । मिडिया काउन्सिल विधेयकदेखि मिडियालाई नियन्त्रीत ढँगले लिएर जाने मनोविज्ञान देखिएकोछ ।

पत्रकार महासंघका पुर्वसभापति एवं कांग्रेस प्रचार विभागका सहसंयोजक डा.सुरेश  आचार्यले पत्रकारहरुले लामो समयदेखि आफ्नो अधिकार प्राप्तिको आन्दोलनमा रहेको बताए । पत्रकारसँग सम्बन्धि ऐनकानुनहरु बनेपनि त्यसको कार्यानवयनमा सँधै समस्या रहेको उनको भनाई थियो । आचार्यले अनसनमा पत्रकारहरुले राखेका माग समबोधनमा गम्भर बन्न पनि ध्यानाकर्षण गराए ।

प्रेस युनियनका सल्लाहकार शिव लम्सालले नेपाल पत्रकार महासंघलाई टेड युनियनअन्तर्गत लैजानुपर्ने धारणा राखे । आन्दोलनमा प्रेस युनियनका केन्द्रिय सदस्य माधव धिताल.काठमाडौं जिल्ला अध्यक्ष जगन्नाथ दुलाललगायतले ऐकयवद्धता जाहेर गरेका थिए ।  विभिन्न ५ सूत्रीय माग राख्दै जारी रिले अनसन भोलीसम्म चल्नेछ ।