९ मंसिर २०८१, आईतवार
काठमाडौंः इसेवा मनि ट्रान्स्फरले हिन्दु नेपालीहरूको महान पर्व दसैं, तिहार तथा छठलाई लक्षित गर्दै ‘दसैं तिहार भर सयको अफर’ योजना सार्वजनिक गरेको छ।
यस योजनाअन्र्तगत इसेवा मनि ट्रान्स्फरमार्फत् विदेशबाट आफन्तले पठाएको रकम प्राप्त गर्दा १०० रुपैयाँ बराबरको रिचार्ज जित्न सकिन्छ। इसेवा मनि ट्रान्स्फरका एजेन्टमार्फत् रकम प्राप्त गर्दा १०० रुपैयाँ बराबरको रिचार्ज पाइने छ भने सिँधै इसेवा खातामा रकम प्राप्त गर्दा इसेवा खातामा १०० बोनस प्राप्त गर्न सकिनेछ। यो योजना मंसिर ६ गतेसम्म लागू हुनेछ। यो योजना विदेशबाट रेमिट्यान्स् पठाउनेको हकमा मात्र लागू हुनेछ।
रेमिट्यान्स् क्षेत्रलाई सरल र छिटो बनाउनको लागि अग्रसर रहकोे इसेवा मनि ट्रान्स्फरले जापान, मलेसिया, बहराइन, युएसएका साथै युरोपियन मलुकबाट रेमिट्यान्स् भित्राउदै आएको छ।