३४३९ जना नयाँ संक्रमित थपिए, संक्रिय संक्रमित २५ हजार नाघे

होमल्याण्ड खबर

२०७७ आश्विन २१ गते, बुधबार १६:३१ मा प्रकाशित

काठमाडौं । नेपालमा ३४३९ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ३४३९ जना नयाँ संक्रमित थपिएका हुन् ।

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ९४ हजार २५३ रहेको छ । संक्रमित मध्ये ६८ हजार ६६८ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या २५ हजार ७ रहेको छ ।

पछिल्लो २४ घण्टामा ११२६ जना कोरोनामुक्त भएका छन् भने १५ जनाको मृत्यु भएको छ ।