पछिल्लो २४ घन्टामा ४ हजार ३६४ जना काेराेना संक्रमित थपिए

होमल्याण्ड खबर

२०७७ आश्विन २२ गते, बिहीबार १७:०३ मा प्रकाशित

काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप ४३ सय ६४ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा देशभर ४३ सय ५४ र उपत्यकामा मात्र २५४० जना भेटिएकाे जानकारी दिए ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ९८ हजार ६ सय १७ जना पुगेको छ भने  सक्रिय स‌ंक्रमितकाे संख्या २६ हजार ६ सय ८४ पुगेकाे छ ।

नेपालमा आजसम्म ११ लाख ३१ हजार ९ सय ५८ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज २६७५ जना निकाे भएसँगैं हालसम्म ७१ हजार ३४३ जना निकाे भएर घर गइसकेका छन ।

पछिल्लाे २४ घण्टामा १२ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या ५९० पुगेकाे छ ।