ईसेवाका ग्राहकलाई पासवर्ड परिवर्तन गर्न आग्रह

होमल्याण्ड खबर

२०७७ आश्विन २३ गते, शुक्रबार ११:०३ मा प्रकाशित

काठमाडौं । ईसेवाले ग्राहकलाई पासवर्ड परिवर्तन गर्न आग्रह गरेको छ । कम्पनीले वेब ब्राउजरबाट लग इन गर्दा पासवर्ड अनिवार्य रूपमा परिवर्तन गर्न आग्रह गरेको हो ।

कम्पनीले इसेवामा रजिस्टर गरिएको मोबाइलमा एसएमएस वा इमेलमा प्राप्त टोकन राखि पासवर्ड परिवर्तन गर्न आग्रह गरेको हो । कम्पनीले उक्त टोकन अरु कोहिलाई नदिन समेत आग्रह गरेको छ ।