१० जेष्ठ २०८३, आईतवार
प्रविण न्यौपाने / गाेरखा , गाेरखाको आरुघाट गाउपालिका २ मान्बुमा अवस्थित श्री भवानी माध्यमिक विद्यालयमा उच्च सतर्कताको साथ सहजीकरण सिकाई सुरु भएको छ ।
कोरोनाको प्रभावले करिब ६ महिना देखि बन्दाबन्दी रहेको उक्त स्कुल गत सोमबारदेखि संचालनमा आएको हो । सरकारले सबै स्तरका विद्यालयदेखि परिक्षा संचालनका लागि अनुमती दिए सङै विद्यालयहरु धमाधम खुल्न थालेका हुन । भवानी स्कुलमा कक्षा १ देखि १२ सम्म पठनपाठन गरिन्छ । एउटा बेन्चमा २ जनालाई राखेर सहजीकरण कक्ष गराइएको उक्त तस्विरहरुमा देख्न सकिन्छ । स्वास्थ्य मापदण्डलाई पुर्ण रुपमा पालना गर्दै विद्यालय खोलिएको विद्यालयका प्राध्यापक काजी कार्कीले जानकारी गराए ।

