उपत्यकामा पछिल्लो २४ घण्टामा १४०९ जना संक्रमित थपिए

होमल्याण्ड खबर

२०७७ आश्विन २३ गते, शुक्रबार १६:४५ मा प्रकाशित

काठमाडौं । काठमाडौं उपत्यकामा थप १४०९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १४०९ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।

आज थपिएका नयाँ संक्रमित काठमाडौंका १११६ जना, ललितपुरका १६३ जना र भक्तपुरका १३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या एक लाख ६७६ रहेको छ । संक्रमित मध्ये ७३ हजार २३ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या २७ हजार ५३ रहेको छ ।

पछिल्लो २४ घण्टामा १६८० जना कोरोनामुक्त भएका छन् भने १० जनाको मृत्यु भएको छ ।