१० मंसिर २०८१, सोमबार
काठमाडौं । आईपीएलमा रोयल च्यालेन्जर्स बैंगलोरले चेन्नईमाथि शानदार जित निकालेको छ ।
दुबईमा शनिबार राति भएको खेलमा बैंगलोरले साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ३७ रनले हरायो ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बैंगलोरले दिएको १ सय ७० रनको लक्ष्य पच्छ्याएको चेन्नई २० ओभरमा ८ विकेट गुमाएर १ सय ३२ रनमा समेटियो ।
चेन्नईका लागि अम्बाती रायाडुले सर्वाधिक ४२ रन बनाए ।
यस्तै नारायण जागाडिसनले ३३ रन जोड्दा शेन वाट्सनले १४ र कप्तान महेन्द्र सिंह धोनीले १० रन बनाए ।
बैंगलोरका लागि क्रिस मोरिसले ३ विकेट तथा वासिङ्गटन सुन्दरले २ विकेट लिए ।
जितसँगै बैंगलोर तालिकाको चौंथो स्थानमा उक्लिएको छ । बैंगलोरले ६ खेलमा ८ अंक जोडेको छ । छैठौँ स्थानमा रहेको चेन्नईको ४ अंक छ ।