१० जेष्ठ २०८३, आईतवार
काठमाडौ । चिकित्सा शिक्षा र सेवा सुधारको माग राख्दै अनशनरत डा.गोविन्द केसीले २८औं दिनमा अनशत तोडेका छन् ।
शनिबार राति सरकारसँग भएको ८ बुँदे सहमतिपछि आइतबार बिहान डा केसीले १९औं अनशन तोडेका हुन् ।


डा.केसीले त्रिवि शिक्षण अस्पतालका सफाइ कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर अनसन तोडेका हुन् । ४६ वर्षीय नेपाली कोरोना संक्रमण भएर निको भएका हुन् ।
उनले अनशन तोडनुअघि प्रधामन्त्री केपी शर्मा ओली, सरकारी वार्ता टोली, शुभचिन्तक तथा सहयोगीलाई धन्यवाद दिएका थिए । अनशन तोड्नुअघि डा। केसीका सहयोगी प्रितम सुवेदीले सरकारसँग भएको ८ बुँदे सहमति पत्र पढेर सुनाएका थिए ।
चिकित्सा शिक्षा सुधारका बिभिन्न ६ बुँदे मागहरु राख्दै डा। केसीले गत २९ भदौदेखि जुम्लाबाट १९ औं अनशन सुरु गरेका थिए । उनलाई आठौं दिनमा काठमाडौं ल्याइएको थियो ।