१० मंसिर २०८१, सोमबार
एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को १३ औं सिजनको २९ औं खेल चेन्नई सुपर किंग्सले जितेको छ । हमेन्द्रसिंह धोनीको अगुवाईमा चेन्नईको टिमले सनराइजर्स हैदराबादलाई २० रनले मात दिएको हो ।
१६८ रनको लक्ष्यलाई पछ्याएको डेविड वार्नरको टिमले निर्धारित २० ओभरमा १४७÷८ रन मात्रै बनाउन सक्यो । जारी आईपीएलमा सनराइजर्सबाट पछिल्लो म्याचमा चेन्नईको टिम ७ रनले पराजित भएको थियो । तर, अहिले भने चेन्नईले उक्त हारलाई जितमा बदलिसकेको छ ।
यो जितसँगै चेन्नई सुपर किंग्सले टुर्नामेन्टमा आफ्नो आशालाई जीवित राखेको छ । यो चेन्नईको ८ औं खेल हो । त्यस्तै, अर्को तर्फ हैदराबादको यो ५ औं हार हो । अब चेन्नई अंक तालिकाको छैटौं स्थानमा रहेको छ, भने हैदराबाद पाँचौं स्थानमा रहेको छ ।
चेन्नई सुपर किंग्सले शेन वाटसन (४२ रन) र अंबति रायडु (४१ रन)ले तेस्रो विकेका लागि ८१ रनको साझेदारीबाट १६७÷६ रन बनाए । वाटसनले यस साझेदारीका लागि ३८ बलमा एक चौका र तीन छक्का चड्काए । त्यस्तै, रायडुले ३४ बलमा तीन चौका र दुई छक्का चड्काए ।
रवीन्द्र जडेजाले अन्त्यमा १० बलमा तीन चौका र एक छक्काबाट नटआउट २५ रन बनाए ।