गोरखाको सतिपिपल डाँडाबाट प्याराग्लाइडिङको परिक्षण उडान

होमल्याण्ड खबर

२०७५ जेष्ठ २० गते, आईतवार ०५:२७ मा प्रकाशित

गोरखा नगरपालिका सतिपिपलको डाँडाबाट प्याराग्लाइडिङको परिक्षण उडान गरिएको छ ।
रोट्याक्ट क्लव र गोरखा नगरपालिकाको संयोजनमा चार वटा प्याराग्लाइडिङको परिक्षण उडान गरिएको हो ।
चार दिन सम्म लगातार परिक्षण उडान गर्ने क्लवका अध्यक्ष वुद्घि जोगिले जानकारी दिए । ‘पोखराबाट आएका चार जना पाइलटको टोलिले परिक्षण उडान गरेका हुन्’ जोगिले भने,‘२० गते सम्म एकै ठाउँबाट उडाउँछौँ, सफल भए यसलाई ब्यवसायीक रुपमै अघि वढाउने तयारीमा जुटेका हौँ ।’ विहिबारको उडान सफल देखिएको जोगिले दावी गरे । प्याराग्लाइडिङको उडान मार्फत पर्यटन प्रवद्र्घन गर्ने उदेश्य क्लवले राखेको छ । ‘परिक्षण उडान सफल भए अनुमती लिँदै प्रालि दर्ता गरेर यसलाई नियमित दिन्छौँ,’ उनले भने । टुरीजम हवको रुपमा गोरखालाई विकास गर्न प्याराग्लाइडिङले सघाउने क्लवले विश्वास लिएको छ । संभाब्यता अध्ययनको क्रममा भौगोलिक हिसावले पनि गोरखामा यसको संभावना देखिएको छ ।