उपत्यकामा २४०२ जना संक्रमित थपिए

होमल्याण्ड खबर

२०७७ आश्विन ३० गते, शुक्रबार १६:५५ मा प्रकाशित

काठमाडौं । काठमाडौं उपत्यकामा २४ घण्टामा २ हजार ४ सय २ जना नयाँ संक्रमित थपिएका छन ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आजको देशै भरीको तथ्यांक सार्वजनिक गर्दै यो बताएका हुन ।  काठमाडौंमा एक हजार ७८४, भक्तपुरमा दुई सय ४४ र ललितपुरमा तीन सय ७४ नयाँ संक्रमित थपिएका हुन ।