थप ३०९३ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु

होमल्याण्ड खबर

२०७७ कार्तिक ४ गते, मंगलवार १६:३६ मा प्रकाशित

काठमाडौं । नेपालमा ३०९३ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ३०९३ जना नयाँ संक्रमित थपिएका हुन् ।

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या एक लाख ३९ हजार १२९ रहेको छ । संक्रमित मध्ये ९६ हजार ६०९ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या ४१ हजार ७५५ रहेको छ ।

पछिल्लो २४ घण्टामा २१०८ जना कोरोनामुक्त भएका छन् भने १८ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या ७६५ पुगेको छ ।