पछिल्लो २४ घण्टामा थप ३६३७ जनामा कोरोना पुष्टि, २१ जनाको मृत्यु

होमल्याण्ड खबर

२०७७ कार्तिक ६ गते, बिहीबार १६:४३ मा प्रकाशित

काठमाडौं । नेपालमा ३६३७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ३६३७ जना नयाँ संक्रमित थपिएका हुन् ।

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या एक लाख ४८हजार ५०९ रहेको छ । संक्रमित मध्ये एक लाख २ हजार ८२० जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या ४४ हजार ८७७ रहेको छ ।पछिल्लो २४ घण्टामा ३२१५ जना कोरोनामुक्त भएका छन् भने २१ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या ८१२ पुगेको छ ।