थप ४४९९ जनामा कोरोना पुष्टि,२६९६ डिस्चार्ज

होमल्याण्ड खबर

२०७७ कार्तिक ७ गते, शुक्रबार १६:३७ मा प्रकाशित

काठमाडौंः नेपालमा आज थप चार हजार ४९९  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्र.डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा १६ हजार ८६३ जनाको पिसिआर परीक्षण गर्दा थप चार हजार ४९९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । यससँगै नेपालमा संक्रमितको संख्या एक लाख ५३ हजार ८ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार ६६८ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख पाँच हजार ४८८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६८ दशमलव ९ प्रतिशत रहेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ४६ हजार ६९६ रहेको छ ।

यसैगरी हाल देशभरका संस्थागत आइसोलेसन १४ हजार ९७२ जना र होम आइसोलेसनमा ३१ हजार ७२७ जना रहेका छन् । देशभर ६९ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २९० जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

आजसम्म आजसम्म १३ लाख ६७ हजार १६ जनाको पीसीआर परीक्षण गरिएको छ ।