९ जेष्ठ २०८३, शनिबार
काठमाडौं : आज असोज शुक्ल नवमी अर्थात महानवमी , नवरात्रको नवौं दिन नवदुर्गा स्वरूप नवौं शक्ति सिद्वीदात्रीको पूजा , अर्चना , प्रार्थना तथा आरधान र उपसाना गरेर मानाईन्छ । देवी भागवत पुराणमा भगवान शिवजीले पनि सिद्वीदात्रीको साधना तथा उपसना गरेर सम्पूर्ण सिद्वी प्राप्त गरी अर्धनारेश्वरको रूपमा प्रख्यात भएको उल्लेख गरिएको छ ।
महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगेर चढाइन्छ । दशैँ घर र कोतलगायत देशका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरी देवी विर्सजन गरिन्छ ।


आचार्य गुरु तुलसीराम पोखरेलका अनुसार – ‘पशुबलि नदिनेले कुल परम्परामा कुभिण्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवलसमेत बलि दिएर खीर पनि चढाउने गर्दछन् ।’
महानवमी तिथिकै दिन चामुण्डा देवीले मैसासुर राक्षसलाई मारेको मार्कण्डेय पुराणमा उल्लेख भएको’ ,आचार्य पोखरेलले बताए ।
मैसासुर राक्षसको वध भउका कारणले पनि महानवमी पर्वमा विशेष पूजाआजा गरिने उनले बताए ।महानवमीका अवसरमा अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन छ ।
कोतहरुमा हर्षबढाइँका साथ कोतपूजा र निशाना पूजा पनि गरिन्छ । हनुमानढोकामा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलि दिइने प्रचलन भए पनि यस वर्ष कोरोनाका कारण बलि रोकिएको छ ।