भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे आज नेपाल आउँदै

होमल्याण्ड खबर

२०७७ कार्तिक १९ गते, बुधबार ०८:१९ मा प्रकाशित

काठमाडौं : भारतीय सेनाध्यक्ष  मनोज मुकुन्द नरवणे आज नेपाल आउँदै छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले नरवणेलाई शीतल निवासमा आयोजित विशेष समारोहमा नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्ने कार्यक्रम छ  ।

मन्त्रिपरिषद्को गत माघ २० गतेको बैठकले भारतीय सेनाध्यक्षको नेपाल भ्रमण स्वीकृत गरे पनि कोरोना भाइरस संक्रमण जोखिमका कारण रोकिएको थियो। नेपाल र भारतका प्रधानसेनापतिहरू एकअर्को मुलुकको मानार्थ सेना प्रमुख हुने प्रचलन छ। त्यहीअनुरूप प्रधानसेनापति नियुक्त भएपछि पूर्णचन्द्र थापाले भारतीय सेनाको मानार्थ सेनाध्यक्षको दज्र्यानी ग्रहण गरेका थिए।

नेपाली सेनाले भारतीय सेनाध्यक्षको भ्रमणको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। सैनिक प्रवक्ता सन्तोष बल्लभ पौड्यालले सम्भावित सुरक्षा चुनौती विश्लेषण गरी सोहीबमोजिम सुरक्षा रणनीति तय गरिएको जानकारी दिए । नरवणेले नेपालमा राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति थापालाई छुट्टाछुट्टै भेट गर्ने छन् ।