भारतीय सेना प्रमुख नरवणे आज प्रधानमन्त्री अ‍ोलीसँग भेटघाट गर्ने

होमल्याण्ड खबर

२०७७ कार्तिक २१ गते, शुक्रबार ११:०५ मा प्रकाशित

बुधवार नेपाल आएका भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणे आज प्रधानमन्त्री केपी शर्मा अ‍ोलीसँग भेट्दैछन् । दुईजनाको बीचमा कति वजे भेटहुने कार्यक्रम तय नभए पनि लगभग २ वजे उनीहरुको बीचमा भेट हुने बताइएको छ । भारतीय सेना प्रमुख महारथी मनार्थ उपाधिका लागि नेपाल आएका हुन् । यो बिगतदेखि चल्दै आएको परम्परा हो । तर यसपटकको भ्रमणलाई सबैले चासो पूर्वक हेरिएको छ । दुई देशको सीमा विवाद चलिरहेको बेला भारतीय सेना प्रमुख नरवणेको नेपाल भ्रमणप्रति सबैको चासो बढेको छ ।

प्रधानमन्त्री अ‍ोली र भारतीय सेना प्रमुख नरवणेको भेटघाटलाई विशेष रुपमा लिएको छ । उनीहरुको बीचमा विशेष संवाद हुने सम्भावना रहेको बताइएको छ । दुई देशबीचमा देखिएको पछिल्लो सीमा विवाद र संवादहिनताको विषयमा दुई पक्षको बीचमा कुराकानी हुने बताइएको छ । यसअघि भारतीय रअ का प्रमुख सामन्त गोयल असोज ५ गते नेपाल आएर प्रधानमन्त्री ओलीसँग भेटेर फर्किपछि नरवणे नेपाल आएका हुन् ।