नेपाली बजारमा ‘वानप्लस ६’ स्मार्टफोन सार्वजनिक

होमल्याण्ड खबर

२०७५ जेष्ठ २० गते, आईतवार ०९:०५ मा प्रकाशित

वानप्लसले आफ्नो प्रिमियम फ्ल्यागशिप स्मार्टफोनहरु मध्येको सबैभन्दा पछिल्लो स्मार्टफोन ‘वानप्लस ६’ नेपाली बजारमा सार्वजनिक गरेको छ ।
नयाँ डिभाइसका साथमा वानप्लसले विश्वमा सबैभन्दा उत्कृष्ट प्रविधि बाँड्ने आफ्नो मिसनलाई प्रदर्शित गरेको जनाएकोे छ । वानप्लस ६ मा प्रयोग भएको मूख्य हार्डवयर र सफ्टवयरको उत्कृष्ट कम्बिनेशनले यसलाई वान प्लस फ्यामेलीको उत्कृष्ट फोन बनाएको कम्पनीको दावी छ ।
उच्च रिजोल्यूशन, १९ः९ नोचटच डिस्प्ले, कम उज्यालोमा उत्कृष्ट फोटो खिच्ने क्यामेरा र न्युमोरस नयाँ सफ्टवयर फिचर यो फोनमा रहेको छ । वानप्लसले यस वानप्लस ६ लाई २ मोडलमा ६४ जीबी र २५६ जीबी बजारमा ल्याएको हो । एनसेलका ग्राहकहरुको लागि हरेक हप्ता १००० एम .बि प्रोमोस्नल डाटा प्याक प्रत्येक १२ हप्तासम्मको लागि प्रगोय गर्न सकिने छ ।
आइहब प्रालिले ल्याएको वानप्लसका फोनहरु नेपाली बजारमा पाईने अन्य फोनभन्दा सबैभन्दा फास्ट मोवाइल फोन भएको प्रालिले जनाएको छ । साथै यो वानप्लस ६ फोन खरिद गर्न चाहने ग्राहकले नेपालभर फाइनान्स सुबिधा समेत पाउने कम्पनीले जनाएको छ ।
वानप्लस ६ विभिन्न देशभरीका रिटेल स्टोरहरुमा उपलब्ध भएको कम्पनीले जनाएको छ । साथै ६४ जीबीको मूल्य ७०,९९९ छ भने १२८ जीबीको मूल्य ९१,००० रहेको कम्पनीले जनाएको छ ।