थप २७३६ जनामा कोरोना पुष्टि, २२ जनाको मृत्यु

होमल्याण्ड खबर

२०७७ कार्तिक २५ गते, मंगलवार १६:५५ मा प्रकाशित

नेपालमा २७३६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा २७३६ जना नयाँ संक्रमित थपिएका हुन् ।

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या एक लाख ९९ हजार ७६० रहेको छ । संक्रमित मध्ये एक लाख ६० हजार ५७७ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या ३८ हजार ३५ रहेको छ ।

पछिल्लो २४ घण्टामा ८५३ जना कोरोनामुक्त भएका छन् भने २२ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या ११४८ पुगेको छ ।