९ जेष्ठ २०८३, शनिबार
अन्तर्राष्ट्रिय बजारमा ख्याती प्राप्त इटालियन ब्रान्ड भेन्चुरिनी नेपाल भित्रिएको छ। नवसमृद्धि इन्टरप्राइजेजले इटालियन डिजाइन र बंगलादेशको उत्पादन भेन्चुरिनी नेपाल भित्र्याएको हो। काठमाडौंको दरबारमार्गमा औपचारिक कार्यक्रमको आयोजना गरी भेन्चुरिनीको शो–रुमउद्घाटन गरिएको छ। कलाकारहरू ऋचा शर्मा, नीति शाह, प्रशान्त ताम्राकार र एलिजा गौतमले भेन्चुरिनीको शो–रुम उद्घाटन गरेकाहुन्। एशियाको दोस्रो ठूलो उत्पादन कम्पनी भेन्चुरिनीलाई नेपालमा पहिलोपटक ल्याइएको हो। उद्घाटन कार्यक्रममा अभिनेत्री ऋचा शर्माले अन्तर्राष्ट्रिय ब्रान्डहरू नेपालमा आउदा ती उत्पादनसँग परिचित हुने मौका मिल्ने बताइन्।
दरबारमार्गस्थित वान दरबार मलमा राखिएको शो–रुममाजुत्ता, पर्स, बेल्ट, सेन्डल र ब्याग (झोला)उपलब्ध रहेको भेन्चुरिनीलाई नेपाल भित्र्याउने कम्पनी नवसमृद्धि इन्टरप्राइजेजका अध्यक्षराजु थापाले बताएका छन्। ‘फुटवेयर र लेदरकाउत्पादनहरू, पार्टी वेयर, फर्मलदेखि क्याजुअलसम्मका सामग्रीहरू चाँडै उपलब्ध हुनेछन्,सबै उमेर समूहलाई लक्षित गरेर भेन्चुरिनीका उत्पादन उपलब्ध गराउने छौँ,’ थापाले भने। नवसमृद्धि इन्टरप्राइजेजका निर्देशन सुरज केसीकाअनुसार भेन्चुरिनी ब्रान्डलाई देशका १० सहरमा पु¥याइने छ। एक महिनाभित्र पोखरामा भेन्चुरिनी विस्तार गरिने छ,’ केसीले भने, ‘चितवन, विराटनगर, धरान, बिर्तामोड, वीरगञ्ज, नेपालगञ्ज, धनगढी,हेटौँडा रबुटवलमा एक वर्षभित्रविस्तार गरिने छ।’ इटालियन प्रिमियम ब्रान्ड तथा बंगलादेशको उत्पादन भेन्चुरिनी ब्रान्डको प्रयोगबाट नेपाली उपभोक्ताले लाभलिन सक्ने नवसमृद्धिका निर्देशक सुदिपचन्द्र बख्रेलले बताए। ‘भेन्चुरिनीका उत्पादनमा गुणस्तरलाई विशेष ध्यानदिइएको छ, नेपाली उपभोक्तामाथि भेन्चुरिनी चाँडै लोकप्रिय हुने विश्वास हामीले लिएका छौँ,’ बख्रेलले भने। कोरोना प्रकोपका कारण व्यापारको शैली बदलिएकाले अब अनलाइनमार्फत् पनि भेन्चुरिनी ब्रान्ड उत्पादनहरू बिक्रीवितरण गरिने उनले बताए।

