८ जेष्ठ २०८३, शुक्रबार
काठमाडौंः नेपालमा शुक्रबार थप एक हजार ९४५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १० हजार ३ सय ४० जनाको पीसीआर परीक्षण गर्दा ७ सय ४० महिला र १ हजार २ सय ५ जना पुरुष गरी १९४५ जना संक्रमित भएका हुन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १५ हजार ९ सय ६५ जना पुगेका छन् ।


गत २४ घण्टामा ५ हजार ३ सय ६४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ९१ हजार २ जना रहेको छ ।नेपालमा निको भएको दर ८८ प्रतिशत पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा थप २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको कुल संख्या १ हजार २ सय ९८ पुगेको छ ।नेपालमा हालसम्म पिसिआर परीक्षणको संख्या १६ लाख ४३ हजार ९ सय पुगेको छ। हाल ७ सय ५३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।
यसैगरी नेपालमा हालसम्म कुल संक्रमितमध्ये २४ हजार ६६५ सक्रिय संक्रमित छन् ।