उपत्यकामा आज पनि ११०७ जना संक्रमित थपिए

होमल्याण्ड खबर

२०७७ मंसिर ५ गते, शुक्रबार १६:४२ मा प्रकाशित

काठमाडौं उपत्यकामा थप ११०७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४८४ जना महिला र ६२३ जना पुरुष गरि थप ११०७ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख १६ हजार ९६५ रहेको छ । संक्रमित मध्ये एक लाख ९१ हजार २ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या २४ हजार ६६५ रहेको छ ।

पछिल्लो २४ घण्टामा ५३६४ जना कोरोनामुक्त भएका छन् भने २२ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेकाने संख्या १२९८ पुगेको छ ।