८ जेष्ठ २०८३, शुक्रबार
काठमाडौंः काठमाडौं उपत्यकामा थप ९ सय ४७ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ४ सय १० महिला र पुरुष ५ सय ३७ रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९ सय ४७ संक्रमित थपिएका हुन् । यससंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १ लाख ६ हजार ३ सय ६३ पुगेको छ ।


काठमाडौंमा ८४ हजार ५ सय १७ जना, ललितपुरमा १२ हजार ५ सय ७७, भक्तपुरमा ७ हजार ५ सय ८८ जना संक्रमित पुगेका छन् ।