८ जेष्ठ २०८३, शुक्रबार
महोत्तरीको बर्दिबासमा ६ वर्षिय बालिकाकाे हत्या भएपछि स्थानीयबासी प्रदर्शनमा उत्रिएका छन् । विरोधमा प्रदर्शनमा उत्रेका एक स्थानीयको प्रहरीको गोली प्रहारबाट मृत्यु भएपछि बढ्दै गएको तनाबका कारण स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ। महोत्तरीको बर्दिबासमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हाे ।
बालिका हत्याविरुद्ध मंगलबार दिउँसो बर्दिबास चोकमा प्रदर्शनमा उत्रेका स्थानीयमाथि प्रहरीले गोली प्रहार गर्दा बर्दिबास नगरपालिका १ का सञ्जय न्यौपानेको मृत्यु भएको छ। गोली लागेर गम्भीर घाइते न्यौपानेको उपचारको क्रममा काठमाडौँको ग्रान्डी अस्पतालमा गएराति मृत्यु भएको हो।


जिल्ला प्रशासन कार्यालय महोत्तरीले बुधबार बिहान ९ बजेदेखि बर्दिबासमा निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताए। बुधबार बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले बुधबार बिहान ९ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मका लागि कर्फ्यू लगाउने निर्णय भएका उनले बताए।
बर्दिबासमा पूर्वमा वार्ड नं १ को रातो खोला, पश्चिममा वार्ड नं ५ को माइस्थान, उत्तरमा वार्ड नं ३ को पाटु र दक्षिणमा वार्ड नं ८ को क्वार्टर चोक सम्म निषेधाज्ञा लगाइएको हो। निषेधाज्ञा अवधिभर र उक्त क्षेत्र मा ५ जनाभन्दा बढी भेला हुन पाउने छैनन्। निषेधाज्ञा अवधिमा राजमार्ग भने सुचारू रहने प्रशासनले जनाएको छ।