भारतीय विदेश सचिव काठमाडौं आइपुगे , नयाँ नक्साबारे उच्चस्तरमा छलफल हुने

होमल्याण्ड खबर

२०७७ मंसिर ११ गते, बिहीबार ११:२३ मा प्रकाशित

काठमाडाैं: भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला केहिबेर अघि त्रिभुवन विमानस्थलमा अवतरण भएका छन् । दुई दिने नेपाल भ्रमणका लागि भारतका विदेश सचिव हर्षवर्धन श्रृंगला काठमाडौं आइपुगेका हुन्।

परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणमा विदेश सचिव श्रृंगला नेपाल आएका हुन्। विदेश सचिव श्रृंगला इन्डियन एयर फोर्सको विमानबाट बिहीबार बिहान १०: ४० मा त्रिभुवन विमानजस्थलमा उत्रिएका हुन्।

कोरोनोको कारण नेपाल भारतबीच नियमित उडान नभएका कारण उनी इन्डियन एयर फोर्सको विमानबाट आएको परराष्ट्र सचिव पौडेलले जनाकारी दिए।

उनले आजैदेखि उच्चस्तरमा बैठकसमेत गर्ने भएका छन् । उनीसँग उच्चस्तरमा नेपालको नयाँ नक्साबारेमा पनि छलफल हुने बताइएको छ ।

भारतीय विदेश सचिवको यो पहिलो नेपाल भ्रमण हो । उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायतसँग पनि छलफल गर्ने भएका छन् । नेपालले आफ्नो भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि भारतसँगको सम्बन्धमा चिसोपना उब्जिएको छ ।