देशका विभिन्न भागमा हिमपात र वर्षाको सम्भावना, कस्तो रहनेछ उपत्यकाको मौसम ?

होमल्याण्ड खबर

२०७७ मंसिर १२ गते, शुक्रबार ११:२५ मा प्रकाशित

काठमाडाैं: आज शुक्रबार देशभरका विभिन्न भू-भागमा पानी पर्ने सम्भावना रहेकाे छ । आज दिउँसाे प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेशमा आंशिकदेखी सामान्य बदली रही पहाडी भू-भागका केहि स्थानमा हल्का वर्षाकाे सम्भावना रहेकाे जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । बाँकी भू-भागमा माैसम सामान्यतया सफा रहने छ ।

विभागका अनुसार गण्डकी प्रदेश, वागमती प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानमा हल्का हिमपातकाे सम्भावना रहेकाे  छ । यस्तै आज राति प्रदेश नं १ मा आंशिक बदली रही बाँकी भू-भागमा माैसम सामान्यतथा सफा रहने छ ।

यस्तै काठमाडाैं उपत्यकाकाे आज दिउँसाेकाे तापक्रम २०-२२ डिग्री सेन्टिग्रेट रहने माैसमविद् प्रतिभा मानन्धरले बताइन् । उपत्यकाकाे आज बिहान ६ बजेकाे तापक्रम ८.६ डिग्री सेन्टीग्रेट रहेकाे थियाे ।

विभागका अनुसार भोलि ‘शनिबार’ देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।