९ मंसिर २०८१, आईतवार
मुक्तिनाथ विकास बैंकले डिजिटल प्रणालीको प्रोत्साहन गर्ने गरी अनलाइन कर्जा आवेदन सेवा सञ्चालनमा ल्याएको छ । बैंकले बिहिबारदेखि लागु हुने गरी अनलाइन कर्जा आवेदन सेवा सञ्चालनमा ल्याएको हाे ।
याेसँगैं अब बैंककाे वेभसाइटबाट सिधै विभिन्न कर्जाका लागि आवेदन दिन सकिनुकाे साथै कर्जा स्वीकृतिका लागी आवश्यक पर्ने कागजात समेत अनलाइन मार्फत बुझाउन सकिने बैंकले जनाएकाे छ ।
यस प्रणाली मार्फत ग्राहकले आफुलाई सहज पर्ने कुनै पनि शाखा अनलाइननै छनोट गरी कर्जा आवेदन दिन सक्नुकाे साथै सम्पूर्ण कागजात प्रस्तुत गरिएको ७ कार्य दिन भित्रनै कर्जाकाे स्वीकृति पाउने छन् ।
बैंकले नयाँ प्रविधिलाई आत्मसाथ गर्नुका साथै बैंकमा कार्यरत कर्मचारी र ग्राहकवर्गको स्वास्थ्य र सुरक्षालाई उच्च प्राथमिकतामा राखी वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले अनलाइन कर्जा आवेदन सेवा सञ्चालनमा ल्याएकाे जनाएकाे छ
कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग कारोबार र प्रणालीको प्रोत्साहन गर्न बैंकको ग्राहकले भिसा नेटवर्क अन्तर्गत जुन सुकै बैंकको एटिएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको समेत बैंकले जनाएको छ।