नेपालमा थप १४७४ जनामा कोरोना संक्रमण, २९ जनाको मृत्यु

होमल्याण्ड खबर

२०७७ मंसिर १५ गते, सोमबार १६:५२ मा प्रकाशित

काठमाडौं । नेपालमा थप १ हजार ४ सय ७४ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १ हजार ४ सय ७४ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी ९ हजार ९ सय ११ जनाको आरटी पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो ।

थप १ हजार ४ सय ७४ जना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मात्रै थप २९ जनाको मृत्यु भएको छ । कोरोनाका कारण हालसम्म मृत्यु हुनेको संख्या १५ सय ८ पुगेको छ ।