८ जेष्ठ २०८३, शुक्रबार
काठमाडौं: त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै क्याम्पसहरूमा पठनपाठन शुरू हुने भएकाे छ ।
त्रिवि कार्यकार्यकारी परिषद्को बैठकले नोवेल कोरोना भाइरसका कारण रोकिएको पढाइलाई निरन्तरता दिने निर्णय गरेको रेक्टर प्रा.डा. शिवलाल भुसालले बताए ।


स्थानीय तहसँग समन्वय गरी जोखिम नियन्त्रणका लागि आवश्यक पूर्वतयारी र सतर्कता अवलम्बन गर्दै सम्भव भएसम्म भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्ने निर्णय भएको छ’ प्रा. डा. भुसाल भन्छन्, ‘कोरोनाबाट जोगिँदै पढाइलाई निरन्तरता दिन खोजेका हौं ।’
भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्नुपर्ने आवश्यता अनुसार स्वास्थ्य मापदण्ड पालना गरेर पढाइ सञ्चालन गर्न लागेको उनले जानकारी दिए । यद्यपि भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न सम्भव नभए अन्य वैकल्पिक विधिको प्रयोग गर्न सकिने त्रिविद्वारा जारी सूचनामा उल्लेख छ ।