१० मंसिर २०८१, सोमबार
काठमाडौं, विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या ६ करोड ४१ लाख नाघेको छ । वल्र्डोेमिटर्सका अनुसार बुधबार (आज) विहानसम्म विश्वभर कोरोना संक्रमितहरुको संख्या ६ करोड ४१ लाख ८८ हजार ९५० पुगेको हो ।
त्यस्तै, हालसम्म विश्वमा १४ लाख ८६ हजार ६०९ संक्रमितहरुको मृत्यु भइसकेको छ । यसैबीच ४ करोड ४४ लाख ३७ हजार ९८० जना संक्रमितहरु डिस्चार्ज भइसकेका छन् । हाल विश्वमा १ करोड ८२ लाख ६४ हजार ३६१ वटा कोरोनाका सक्रिय केसहरु रहेका छन्, भने ४ करोड ५९ लाख २४ हजार ५८९ वटा कोरोनाका केसहरु बन्द भइसकेका छन् ।
विश्वमै कोरोना संक्रमणका कारण सबै भन्दा बढी अमेरिका प्रभावित बनेको छ । जहाँ संक्रमितको संख्या १ करोड ४१ लाख ०८ हजार ४९० पुगेको छ । जसमध्ये २ लाख ७६ हजार ९७६ संक्रमितहरुको मृत्यु भइसकेको छ, भने ८३ लाख ३३ हजार ०१८ संक्रमितहरु डिस्चार्ज भइसकेका छन् ।
त्यस्तै, दोस्रो सबै भन्दा बढी प्रभावित देश छिमेकी राष्ट्र भारत हो, जहाँ संक्रमितको संख्या ९४ लाख ९९ हजार ७१० पुुगेको छ । यसैबीच १ लाख ३८ हजार १५९ संक्रमितहरुको मृत्यु भइसकेको छ, भने ८९ लाख ३१ हजार ७९८ संक्रमितहरु निको भइसकेका छन् ।
तेस्रो बढी प्रभावित देश ब्राजिल हो, जहाँ संक्रमितको संख्या ६३ लाख ८८ हजार ५२६ पुगेको छ । यसैबीच १ लाख ७३ हजार ८६२ संक्रमितहरुको मृत्यु भइसकेको छ, भने ५६ लाख ५६ हजार ४९८ संक्रमितहरु निको भइसकेका छन् ।
चौथो बढी प्रभावित देश रसिया हो, जहाँ संक्रमितको संख्या २३ लाख २२ हजार ०५६ पुगेको छ । जसमध्ये ४० हजार ४६४ संक्रमितको मृत्यु भइसकेको छ, भने १८ लाख ०३ हजार ४६७ संक्रमितहरु उपचारपछि डिस्चार्ज भइसकेका छन् ।
विश्वनै आक्रान्त बनाएको कोरोना संक्रमणबाट नेपाल पनि अछुतो रहन सकेन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ । जसमध्ये १ हजार ५ सय २९ संक्रमितको मृत्यु भइसकेको छ, भने २ लाख १६ हजार ५९४ जना संक्रमितहरु निको भइसकेका छन् ।