एनआईसी एशियाको मोबाइल बैंकिङ्गबाटै मुद्दती खाता खोल्न सकिने

होमल्याण्ड खबर

२०७७ मंसिर १७ गते, बुधबार १५:२२ मा प्रकाशित

एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्ग मार्फत ग्राहकहरूले आफै मुद्दती खाता खोल्न सक्ने सुविधाको सुरु गरेको छ । बैंकका ग्राहकहरूले एनआइसी एशिया मोबैंक एपमा रहेको फिक्सड डिपोजिट आइकनमा ट्याप गरी जुनसुकै स्थान तथा समयमा मुद्दती खाता खोल्न सक्ने बैंकले जनाएकाे छ ।

बैंककाे अनुसार ग्राहकहरूले कम्तिमा तीन महिनादेखि अधिकतम १० वर्षभन्दा बढी समयका लागि व्यक्तिगत मुद्दती निक्षेप गर्न सक्नेछन् भने वार्षिक ब्याजदर सुविधा क्रमशः ७.२५ देखि ९.७५ प्रतिशतसम्म प्राप्त गर्न सक्नेछन् । मोबाइल बैंकिङ्गमार्फत मुद्दती खाता खोल्नु हुने ग्राहकहरूले बैंकले प्रकाशित सम्पूर्ण किसिमका मुद्दती निक्षेपको ब्याजदरमा ०.५ प्रतिशत थप गर्ने व्यवस्था गरेको छ ।

यो सुविधा अन्तर्गत स्वचालित पद्धतीअनुरूप ग्राहकहरूले क्षणभरमै मुद्दती खाता खोली बिना कुनै झन्झट उच्चतम ब्याजदरले भरिपूर्ण मुद्दती निक्षेपको फाइदा लिन सक्नेछन् ।