८ जेष्ठ २०८३, शुक्रबार
काठमाडाैं: पछिल्लाे २४ घण्टामा नेपालमा थप १ हजार २ सय ७२ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टी भएकाे छ । याेसँगै नेपालमा कुल काेराेना संक्रमितकाे संख्या २ लाख ३८ हजार ८६१ पुगेको छ ।
यस्तै हालसम्म सक्रिय संक्रमितको संख्या १५ हजार ४ सय ४७ पुगेको छ ।


पछिल्लो २४ घण्टाको अवधीमा १ हजार ५ सय ७५ कोरोना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म २ लाख २१ हजार ८ सय ४७ कोरोना संक्रमित निको भइसकेका मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
पछिल्लो २४ घन्टामा देशभर १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ५ सय ६७ जना संक्रमितको मृत्यु भइसकेको छ।