अमेरिकी दूतावासले भन्याे – राजावादीकाे प्रदर्शनमा झडप हुनसक्छ, सचेत रहनू
होमल्याण्ड खबर
२०७७ मंसिर २० गते, शनिबार ०९:२१ मा प्रकाशित
माइतीघरमा शनिबार राजसंस्था र हिन्दु राज्यको माग गर्दै बृहत प्रदर्शन गरिने भएको छ । ‘राष्ट्रिय नागरिक आन्दोलन २०७७’ नाम दिइएको यस्तो प्रदर्शनका विषयमा काठमाडौंस्थित अमेरिकी दूतावासले ‘डेमोस्ट्रेसन अलर्ट’ जारी गरेको छ ।
अमेरिकी दूतावासले शुक्रबार अलर्ट जारी गर्दै काठमाडौंको माइतीघर मण्डलामा शनिबार ११ बजे हजारौं मानिसहरुको उपस्थितिमा बृहत प्रदर्शन गरिने भएकोले सचेत रहन आग्रह गरेको छ ।