१७ श्रावण २०८३, आईतवार
काठमाडौं: पछिल्लो २४ घण्टामा नेपालमा १०२४ जना कोरोना भाइरस (कोभिड–१९)का संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २२ सय ६ जना डिस्चार्ज भएका छन।
योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ भने २ लाख २४ हजार ५३ जना डिस्चार्ज भएका छन्।


१४ हजार २५५ सक्रिय संक्रमित रहेको नेपालमा अहिलेसम्म मृत्यु हुनेको संख्या १५ सय ७७ पुगेको छ। क्वारेन्टिनमा ५३६ जना रहेको मन्त्रालयले जनाएको छ।
अहिलेसम्म नेपालमा कुल १७ लाख ७८ हजार २४ जनाको पीसीआर परीक्षण भएको छ। २४ घण्टामा १० जनाको मृत्यु भएको छ।