८ जेष्ठ २०८३, शुक्रबार
मंगलबार नेपालमा थप १ हजार ३ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा ८ हजार ९ सय ४७ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ३ सय ८२ जना संक्रमित थपिएका हुन् ।


यससँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ४३ हजार ३ सय ७७ पुगेको छ ।
यसैगरी आज थप १ हजार ६ सय २१ जना संक्रमित कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख २९ हजार ५४ पुगेको छ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६ सय ३७ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ६ सय ८६ छ भने ५ सय २३ जना क्वारेन्टाइनमा छन् ।