नेपाली बजारमा स्मार्टफोन वानप्लस रिलन्च हुने, यस्ता छन् विशेषता

होमल्याण्ड खबर

२०७७ मंसिर २४ गते, बुधबार १५:०१ मा प्रकाशित

स्मार्टफोन वानप्लस नेपाली बजारमा रिलन्च हुने भएको छ । वानप्लसको फ्ल्यागसिप मोडल वानप्लस एट प्रो का साथमा वानप्लसका प्रिमियम स्मार्टफोनहरु वानप्लस नोर्ड फाईभ जी र वानप्लस नोर्ड एनटेन फाईभ जि समेत नेपाली बजारमा आउने भएको हो ।

वानप्लसका लागि आधिकारीक विक्रेताको रुपमा तोकिएको क्रेटोस टेक्नोलोजिज् प्रा लिमार्फत आगामी मंसिर २९ गतेबाट नेपाली बजारमा उल्लेख गरिएका तीन मोडल उपलब्ध हुनेछन् । जसमध्ये वानप्लस नर्ड एन१० ५जी, वानप्लस नर्ड ५जी र वानप्लस ८ प्रो हुन् । जसको मूल्य क्रमशः ३४ हजार ४९९ रूपैयाँ, ६३ हजार ९९९ रूपैयाँ र एक लाख २५ हजार ९९९ रूपैयाँ रहेको छ ।

गत बर्ष वानप्लसले ९० हर्जको फ्ल्युड एमोलेड डिस्प्लेका साथमा आफ्ना नयाँ स्मार्टफोन बजारमा ल्याएसँगै वानप्लसका उपभोक्ताको आकर्षण उल्लेख्य रुपमा बढेको थियो भने यस बर्ष फाईभ जि प्रविधी र थप उत्कृष्ठ डिस्प्लेका माध्यमबाट वानप्लसले आफ्ना प्रयोगकर्तालाई फाष्ट एण्ड स्मूथ अनूभूती दिलाउन थप सफल रहने विश्वास लिएको छ ।

नेपाली उपभोक्ता माझ निक्कै लोकप्रिय रहेको वानप्लसले क्रेटोस टेक्नोलोजिज् प्रालिलाई नेपालका लागि आधिकारीक विक्रेता नियुक्त गरेसँगै नेपाली बजारमा वानप्लसले सफलताको नयाँ उचाई हाँसिल गर्ने विश्वास गरेको छ । क्रेटोस टेक्नोलोजिज्को देशब्यापी वलियो वितरण संजाल र प्रतिबद्ध विक्री पश्चातको सेवाका माध्यमबाट वानप्लसका उपभोक्ताले थप लाभ हाँसिल गर्न सक्ने अवस्थाको विकास भएको छ ।

२०७७ साल मंसिर २४ गतेबाट प्रि(बुकिङ्ग शुरु गरिएको वानप्लसका तिनै मोडलका स्मार्टफोनहरु क्रेटोस टेक्नोलोजिज्प्रा। लि। ले मंसिर २९ गते देखि बजारमा ल्याउनेछ भने सोहि दिनबाट प्रि(बुकिङ्गकर्ताले डेलिभरी प्राप्त गर्न शुरु गर्नेछन् । अनलाईन प्लेटफर्म दराज तथा सस्तोडिल तथा क्रेटोस टेक्नोलोजिज्का देशभर छरिएर रहेका रिटेल स्टोर मार्फत वानप्लसको प्रि(बुकिङ्ग गर्न सकिनेछ ।

यसरी प्रि(बुकिङ्ग गर्ने ग्राहक मध्ये यसको फ्ल्यागसिप मोडल वानप्लस एट प्रोका ग्राहकहरुले एकबर्षको स्क्रिन ब्रेकेज इन्स्योरेन्स तथा वानप्लस कम्यूनिटी डिस्काउन्ट कार्ड समेत प्राप्त गर्न सक्नेछन् ।