१० मंसिर २०८१, सोमबार
काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या ७ करोड २६ लाख नाघेको छ । वल्र्डोमिटर्सका अनुसार सोमबार (आज) विहानसम्म विश्वभर कोरोना संक्रमितहरुको संख्या ७ करोड २६ लाख २७ हजार ६८१ पुगेको हो ।
त्यस्तै, हालसम्म विश्वमा १६ लाख १८ हजार ४८६ संक्रमितहरुको मृत्यु भइसकेको छ । यसैबीच ५ करोड ०८ लाख ५० हजार ६८३ जना संक्रमितहरु डिस्चार्ज भइसकेका छन् । हाल विश्वमा २ करोड ०१ हजार ५८ हजार ५१२ वटा कोरोनाका सक्रिय केसहरु रहेका छन्, भने ५ करोड २४ लाख ६९ हजार १६९ वटा कोरोनाका केसहरु बन्द भइसकेका छन् ।
विश्वमै कोरोना संक्रमणका कारण सबै भन्दा बढी अमेरिका प्रभावित बनेको छ । जहाँ संक्रमितहरुको संख्या १ करोड ६७ लाख ३५ हजार ३३२ पुगेको छ । जसमध्ये ३ लाख ०६ हजार ४५१ संक्रमितहरुको मृत्यु भइसकेको छ, भने ९७ लाख २२ हजार ७०० संक्रमितहरु डिस्चार्ज भइसकेका छन् ।
त्यस्तै, दोस्रो सबै भन्दा बढी प्रभावित देश छिमेकी राष्ट्र भारत हो, जहाँ संक्रमितको संख्या ९८ लाख ८४ हजार ७१६ पुुगेको छ । यसैबीच १ लाख ४३ हजार ३९३ संक्रमितहरुको मृत्यु भइसकेको छ, भने ९३ लाख ८७ हजार ६०८ संक्रमितहरु निको भइसकेका छन् ।
तेस्रो बढी प्रभावित देश ब्राजिल हो, जहाँ संक्रमितको संख्या ६९ लाख ०१ हजार ९९० पुगेको छ । यसैबीच १ लाख ८१ हजार ४१९ संक्रमितहरुको मृत्यु भइसकेको छ, भने ५९ लाख ८२ हजार ९५३ संक्रमितहरु निको भइसकेका छन् ।
चौथो बढी प्रभावित देश रसिया हो, जहाँ संक्रमितको संख्या २६ लाख ५३ हजार ९२८ पुगेको छ । यसैबीच ४६ हजार ९४२ को मृत्यु भइसकेको छ, भने २१ लाख ०६ हजार २३५ संक्रमितहरु निको भइसकेका छन् ।
विश्वनै आक्रान्त बनाएको कोरोना संक्रमणबाट नेपाल पनि अछुतो रहन सकेन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा संक्रमितको संख्या २ लाख ४८ हजार ४२३ पुगेको छ । जसमध्ये १ हजार ६९८ संक्रमितको मृत्यु भइसकेको छ, भने २ लाख ३५ हजार ७३१ संक्रमितहरु निको भइसकेका छन् ।