८ जेष्ठ २०८३, शुक्रबार
काठमाडौं: काठमाडाैंकाे चन्द्रागिरी नगरपालिकामा भएकाे ट्रक दुर्घटनामा परी २ जनाकाे मृत्यु भएकाे छ। चन्द्रागिरि नगरपालिका-२ वाडभञ्ज्याङस्थित सडकबाट ना २ क ३२३ नम्बरको ट्रक करिब २ सय मिटर तल खस्दा २ जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा सिन्धुलीका अन्दाजी२४ वर्षीय मनिष कार्की र अन्दाजी २६ वर्षीय मानकुमार माझी रहेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले जानकारी दिए।


दुर्घटनामा परेको गाडी दामन कन्स्ट्रक्सनको रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण भने खुलेको छैन भने घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।