९ मंसिर २०८१, आईतवार
मोटोरोला मोबाइल नेपाली बजारमा पुनः प्रवेश गरेको छ । जी र ई सिरिजका दुईवटा नयाँ र लोकप्रिय उत्पादनका साथ मोटोरालाले नेपालमा पुनरागमनको घोषणा गरेको हो । मोटोरोलाका ई र जी सिरिज लोकप्रिय उत्पादन हुन् । सन् २०१९ सम्ममा जी वर्गको विक्री १० करोडभन्दा धेरैको संख्यामा भएको थियो । हालका लागि नेपाली बजारमा मोटो जी ९ प्ले र ई ७ प्लस उपलब्ध हुनेछन् ।
मोटो जी ९ प्ले कार्यप्रदर्शन, क्यामरा, ब्याट्री र अन्य धेरै विषयमा शक्तिशाली फड्को रहेको कम्पनीको दाबी छ । फोनमा क्वालकम स्न्यापड्रागन ६६२ चिपसेट, एउटा ४८ एमपीको प्राइमरी सेन्सर ट्रिपल क्यामरा प्रणाली, एफ÷१.७ एपेर्चर भएको आफ्नो वर्गको अग्रणी र २० वाटको टर्बोपावर चार्जिङ भएको ५ हजार एमएएच ब्याट्री उपलब्ध छ । यसको मूल्य १९ हजार ९ सय ९० रुपैयाँ कायम गरिएको छ ।
मोटो ई ७ प्लस नाइट भिजन प्रविधिका साथ आफ्नो वर्गमा उत्कृष्ट ४८ एमपी क्यामेरा उपलब्ध छ । यसका अतिरिक्त यसले यस समूहमा अग्रणी विशेषता प्रदान गर्दछ । नवीनतम स्न्यापड्«यागन प्रोसेसर, शक्तिशाली ब्याट्री, म्याक्स भिजन एचडी डिस्प्ले र मोटोरोलाकै आफ्नो स्टक एन्ड्रोइड अनुभवका साथ फोन १६ हजार ५ सय ९० रुपैयाँमा पाइन्छ ।
इलेक्ट्रिक ब्लू रङमा उपलब्ध मोटो जि ९ प्लेमा ४ जीबी ¥याम र १ सय २८ जीबी स्टोरेज छ । यस्तै, मिस्टी ब्ल्यू रङमा उपलब्ध मोटो इ ७ प्लसमा ४ जीबी ¥याम र ६४ जीबी रोम छ । मोटोरोलाको नेपालका आधिकारिक वितरक कल मोबिलिटी प्रालि हो ।