आमाले सानोमा खुवाउने गरेको परिकार पकाएर शीर्ष तीनमा पुगेक सन्तोष

होमल्याण्ड खबर

२०७७ पुष २ गते, बिहीबार ११:५२ मा प्रकाशित

काठमाडौ : नेपाली सेफ सन्तोष साह बीबीसी मास्टर सेफको शीर्ष तीनमा पुगेका छन् । आमाले सानोमा आफूलाई खुवाउने गरेको खाजा पस्किएर उनी मास्टर सेफको शीर्ष तीनमा पुगेका हुन् ।

बुधबार राति बीबीसी वानमा प्रसारण भएको मास्टर सेफ प्रोफेसनल २०२० मा सन्तोषले उत्कृष्ट तीन सेफको स्थानमा पर्न सफल भएका हुन् ।

नेपाली टोपी लगाएर मास्टर सेफको प्रतियोगितामा आएका सन्तोषले आफ्नो सबैभन्दा प्रिय व्यक्तिलाई समर्पित गरेर खाना बनाउनु पर्ने राउन्डमा आमालाई सम्झिए ।

सन्तोषले यो प्रतियोगितामा पुरी, गँगटाको तरकारी, भुटेको चिउरा, भुटेको खुर्सानी, खिरलगायतका परिकार तयार पारेका थिए ।

प्रतियोगिताको फाइनल बिहीबार हुँदैछ । प्रतियोगिताका प्रत्येक चरणमा सन्तोषले नेपाली परिकार बनाएका छन् ।