उपत्यकामा लगाइएको जोर-बिजो भाेलिदेखि हट्ने

होमल्याण्ड खबर

२०७७ पुष २ गते, बिहीबार १४:४२ मा प्रकाशित

काठमाडाैं: कोरोना संक्रमणका कारण सरकारले सार्वजनिक यातायातमा लगाएकाे जोर बिजोर प्रणाली भाेलिबाट हट्ने भएकाे छ ।

सार्वजनिक यातायातमाथिको जोर बिजोर प्रणाली यातायात व्यवसायी र यातायात मजदुरहरूले पुस ३ गतेदेखि एकतर्फी रूपमा हटाउने घोषणा गरेका हुन् ।

चैत ११ गतेदेखि लगाइएको बन्दाबन्दी,भदौ ३ गतेदेखिको निषेधाज्ञा र असोज १ गतेदेखिको जोर बिजोर प्रणालीले यातायात व्यवसाय धराशायी भएकोले उक्त निर्णय गरिएको बताइएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ,नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा यसअघि सबै सवारी साधन सञ्चालनको वातावरण बनाउन सरकारलाई अनुरोध गरिए पनि सुनुवाई नभएको उल्लेख छ ।

उनीहरूले मंसिर १८ गते सीसीएमसी र डीसीसीएमसी कार्यालयलाई ध्यानाकर्षण गराउँदै लेखिएको पत्रको समेत कुनै सुनुवाई नभएको भन्दै भोलिदेखि सार्वजनिक यातायात पूर्ण रूपमा सञ्चालन गर्ने एकतर्फी निर्णय गरेको बताएका छन् ।