८ जेष्ठ २०८३, शुक्रबार
काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेसँगै उत्पन्न हुने सक्ने सम्भावित परिस्थतीलाई ध्यान राखेर काठमाडौंमा सुरक्षा सर्तकता बढाइएको छ ।
प्रधानमन्त्री निवास बालुवाटार, बालुवाटारको भाटभाटेनी क्षेत्र, राष्ट्रपति निवास आसापास, विभिन्न राजनीतिक दलका कार्यालय आसपास र माइतीघर क्षेत्र लगायतका स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा तैनाथी बढाएका छन् ।


यसैबीच सेनाले मुख्यालय जंगी अड्डामा प्रमुख सैनिक अधिकृतहरु (पीएसओज) को बैठक पनि बसेको छ । प्रधानमन्त्रीको कदमपछि मुलुकमा पर्न सक्ने सुरक्षा चुनौती र प्रभावहरुको विषयमा मुख्यालयमा छलफल भएको छ ।
संसद् विघटनको निर्णयप्रति आपत्ति जनाउँदै नेपाली काग्रेसले आज साँझ ४ः३० बजे नयाँ बानेश्वरमा बिरोध सभाको आयोजना गरेको छ । यस्तै सत्तारुढ नेकपाभित्रैको असन्तुष्ट पक्ष समर्थित जनवर्गीय संगठनले माइतीघरमा प्रदर्शनको तयारी गरेका छन् ।