१० मंसिर २०८१, सोमबार
एजेन्सी : इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलानले सहज जित दर्ता गरेको छ । आइतबार राति भएको खेलमा मिलानले घरेलु टोली सासुओलोमाथि २-१ गोलको जित निकालेको हो । खेलमा मिलानले सुरुआती अग्रता बनाएको थियो । मिलानका युवा फरवार्ड राफेल लियोले खेल सुरु भएलगत्तै गोल गरेका थिए । हाकान काल्हानोग्लुको पासमा ६.२ सेकेन्डमा नै गोल गरेका थिए ।उक्त गोलसँगै उनी युरोपियन शीर्ष पाँच लिगमा सबैभन्दा छिटो गोल गर्ने खेलाडी बनेका छन् । त्यस्तै खेलको २६औं मिनेटमा एलेक्सिस साइलेमेकर्सले गोल गर्दै मिलानको अग्रता दोब्बर बनाए । पहिलो हाफमा २-० गोलको अग्रता बनाएको मिलानले दोस्रो हाफमरको ८९औं मिनेटमा सासुलोका डोमेनिको बेरार्डीले एक गोल फर्काए पनि खेलमा बराबरीको लागि प्रयाप्त भएन । यस जितसँगै शीर्ष स्थानको मिलानले १३ खेलबाट ३१ अंक रहेको छ । यता पराजित सासुलो भने २३ अंकका साथ पाँचौं स्थानमा छ ।