९ मंसिर २०८१, आईतवार
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकलाई तिनाउ इन्टरनेशनल हस्पिटल प्रा. लि. बुटवलमा सम्झौता भएको छ । उक्त हस्पिटलमा बैंकको डेबिट तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा अधिकतम २० प्रतिशतसम्मको छुट उपलब्ध गराउने सम्झौता भएको हो ।
उक्त सम्झौतामा बैंकका बुटवल शाखा कार्यालयका शाखा प्रबन्धक सरिता श्रेष्ठ र तिनाउ इन्टरनेशनल हस्पिटलका अध्यक्ष चिरञ्जिवी श्रेष्ठ जोशीले हस्ताक्षर गरेका हुन् ।
बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।