कसैलाई कारबाही गरिन्न-ओली


बैठकमा ओलीले आफूले पार्टी नफुटाउने र कसैलाई पनि कारबाही गर्ने मनसाय नभएको बताएका छन्। बाहिर हल्ला गरिएको जस्तो पार्टी फुटाउने वा अरू कसैलाई कारबाही गर्ने नभइ पार्टीलाई सुदृढ बनाउँदै लाने आफ्नो योजना भएको उनले सुनाए । ‘मेरो मनसाय पार्टी फुटाउँने हैन र छैन पनि । पार्टीलाई विधिसम्मत ढंगले अघि बढाउने हो महाधिवेशनबाट नयाँ पुस्तामा नेतृत्व सुम्पिने नै हो म मेरो पूर्ववत घोषणामा अडिग छु,’ ओलीको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने ।




