८ जेष्ठ २०८३, शुक्रबार
गैंडाकोट । कालीगण्डकी करिडोरअन्तर्गत नवलपरासी (पूर्व) जिल्लाको गैंडाकोट नगरपालिकाको भोक्रेफाटामा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
बुधबार बिहान कालीगण्डकी करिडोरअन्तर्गत गैंडाकोट नगरपालिकाको भोक्रेफाटास्थित सेतो पहराबाट ना ३ ख ५३३९ नम्बरको ट्रक खसेको हो ।


लोहनी कन्स्ट्रक्सनको सिमेन्ट बोक्ने ट्रक बुलिङटाा गाउँपालिकाको ठामबेँसीबाट फर्किँदै गर्दा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जानकारी दिएको छ ।
बुलिङटार गाउँपालिकाका अध्यक्ष शशिकरण बस्ताकोटीले दुर्घटनास्थलमा ३ जनाको शव भेटिएको जानकारी दिए ।
मृतकहरुको पहिचान भने खुलेको छैन । इलाका प्रहरी कार्यालय गैंडाकोटबाट प्रहरी घटनास्थलमा पुगेको जनाइएको छ ।