फिफा बरियतामा नेपाल १६१ औँ स्थानमा, ३ स्थान सुधार

होमल्याण्ड खबर

२०७५ जेष्ठ २५ गते, शुक्रबार ०६:२९ मा प्रकाशित

फिफाले सार्वजनिक गरेको बरियतामा नेपालले सुधार गरेको छ । गत महिना फिफा वरियतामो १६४ औँ स्थानमा रहेको नेपालले ३ स्थान सुधार गर्दै नेपाल १६१ औँ स्थानमा आएको हो । यो नेपालको तीन स्थान सुधार हो ।
दक्षिण एसियामा भारत सबैभन्दा अगाडि रहेको छ । भारत ९७ औँ स्थानमा कायम छ । यस्तै अफगानिस्तान १४५, माल्दिभ्स १५०, भुटान १८३, बंगलादेश १९४, श्रीलंका २०० र पाकिस्तान २०१ औँ स्थानमा छ । दक्षिण एसियामा नेपाल चौथो स्थानमा छ ।
विश्व बरियतामा जर्मनी शीर्ष स्थानमा कायम छ । दोस्रो स्थानमा ब्राजिल, तेस्रो स्थानमा बेल्जियम, चौथो स्थानमा पोर्चुगल, पाँचौँ स्थानमा अर्जे्िन्टना, छैटौँमा स्वीट्जरल्याण्ड, सातौँमा फ्रान्स, आठौँमा दुई स्थान सुधार गरेको पोल्याण्ड, नवौँमा चिली र दशौँ स्थानमा दुई स्थान तल झरेको स्पेन रहेका छन् ।
शीर्ष १० मा रहेका मध्ये चिलीले मात्रै यो पटक विश्वकप खेल्ने छैन । फिफाले विश्वकप फुटबलअघि सार्वजनिक गरेको यो अन्तिम बरियता हो । यसपछि अब रुसमा सात दिनपछि सुरु हुने विश्वकप फुटबल सकिएपछि फिफाले नयाँ बरियता सार्वजनिक गर्नेछ ।