नेपालमा थप ६५९ जनामा कोरोना पुष्टि : ७ जनाको मृत्यु

होमल्याण्ड खबर

२०७७ पुष १३ गते, सोमबार १६:३२ मा प्रकाशित

काठमाडौं :  नेपालमा थप ६५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा २५२ जना महिला र ४०७ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै देशभर संक्रमितक संख्या २ लाख ५८ हजार ८४० पुगेको छ । काठमाडौं उपत्यकामा २७८ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुनेमा १११ महिला र १७६ जना पुरुष रहेका छन् ।

काठमाडौंमा २०७, ललितपुरमा ४९ र भक्तपुरमा २२ जनामा संक्रमण पुष्टि भएको छ । देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ४४५ छ भने क्वारेन्टाइनमा ३६९ जना रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ५७८ पीसीआर परीक्षण गरिएको छ ।  यो सहित हालसम्म १९ लाख १५ हजार २३२ पीसीआर परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा ७१८ जना कोरोनाबाट मुक्त भएका छन् । योसँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ५० हजार ५८१ पुगेको छ । देशका विभिन्न स्थानमा कोरोनाबाट थप ७  जनाको को मृत्यु भएको छ ।

यो सहित हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८३२ पुगेको छ ।