८ जेष्ठ २०८३, शुक्रबार
कञ्चनपुरकी निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरण मुद्दा परेपछि बर्खास्तमा परेका प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई पुनर्बहालीको बाटो खुलेको छ। जिल्ला अदालत कञ्चनपुरले बर्खास्तमा परेका विष्टसहित निलम्बन गरिएका सबै प्रहरीहरूलाई गत साउन १५ गते सफाइ दिने फैसला गरेको थियो। बुधबार बसेको मन्त्रिपरिषद बैठकले विष्टलाई पुनर्वहाली गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। अदालतले सफाइ दिएपछि गृह मन्त्रालयले विष्टको पुनर्वहालीका लागि मन्त्रिपरिषदमा लेखी पठाएको थियो।फैसलासँगै विष्टले पुनर्बहालीका लागि प्रहरी प्रधान कार्यालयमा निवेदन दिएका थिए। प्रधान कार्यालयले उनको निवेदन गृह मन्त्रालयमा पठाएको थियो। फौजदारी न्याय प्रणालीमा सफाइ पाउनु कसुर स्थापित नभएको ठानिने हुनाले स्वतस् न्यायका लागि अपिल गर्न सकिन्छ। विष्टसहित मुद्दा खेप्ने प्रहरीहरूमा केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० का डिएसपी अंगुर जिसी, डिएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकेन्द्रबहादुर खड्का, इन्स्पेक्टर जगदिशप्रसाद भट्ट, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउद थिए। अन्य निलम्बनमा परे पनि विष्ट र प्रहरी निरीक्षक भट्टलाई प्रधान कार्यालयको सिफारिसमा गृहले बर्खास्त गरेको थियो। भट्टलाई पनि पुनर्वहाली गर्न मन्त्रिपरिषदले निर्णय गरेको ती मन्त्रीले बताए। फैसलासँगै विष्टले पुनर्बहालीका लागि प्रहरी प्रधान कार्यालयमा निवेदन दिएका थिए। प्रधान कार्यालयले उनको निवेदन गृह मन्त्रालयमा पठाएको थियो। फौजदारी न्याय प्रणालीमा सफाइ पाउनु कसुर स्थापित नभएको ठानिने हुनाले स्वतस् न्यायका लागि अपिल गर्न सकिन्छ। विष्टसहित मुद्दा खेप्ने प्रहरीहरूमा केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी का डिएसपी अंगुर जिसी, डिएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकेन्द्रबहादुर खड्का, इन्स्पेक्टर जगदिशप्रसाद भट्ट, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउद थिए। अन्य निलम्बनमा परे पनि विष्ट र प्रहरी निरीक्षक भट्टलाई प्रधान कार्यालयको सिफारिसमा गृहले बर्खास्त गरेको थियो। भट्टलाई पनि पुनर्वहाली गर्न मन्त्रिपरिषदले निर्णय गरेको ती मन्त्रीले बताए।